Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

हिमालयन लाइफको जीवन बीमा कोषको आकार १९.५६ प्रतिशतले बढ्दा नाफा कति ?

हिमालयन लाइफको जीवन बीमा कोषको आकार १९.५६ प्रतिशतले बढ्दा नाफा कति ?


  • 953
    Shares

    हिमालयन लाइफको जीवन बीमा कोषको आकार १९.५६ प्रतिशतले बढ्दा नाफा कति ?

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १२ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। 

    अघिल्लो आर्थिक वर्षको असोजसम्म कम्पनीले २५ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ४९.६५ प्रतिशतले घटेको छ।

    चालु वर्षको असोजसम्म कम्पनीको जीवन बीमा कोषमा ८० अर्ब ३१ करोड ४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १९.५६ प्रतिशतले बढेको छ।

    कम्पनीले ४ अर्ब ४३ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३.७० प्रतिशतले बढेको छ भने कम्पनीको महाविपत्ति कोषमा ४७ करोड ४२ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ७७ करोड ६८ लाख रुपैयाँ रहेको छ । 

    कम्पनीले असोजसम्म ४ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३.७३ प्रतिशतले बढेको छ। अन्य इक्विटीमा ७३ करोड ४० लाख रुपैयाँले ऋणात्मक रहेको छ। 

    हाल कम्पनीको शेयरपुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी घटेर ५.५९ रुपैयाँ कायम भएको छ भने पीई रेसियो ६३.५३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०५.६५ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - ११:३५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij