Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

शिखर इन्स्योरेन्सको व्यापारमा वृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था

शिखर इन्स्योरेन्सको व्यापारमा वृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था


  • 568
    Shares

    शिखर इन्स्योरेन्सको व्यापारमा वृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था

    काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १५ करोड ८५ लाख रुपैयाँ घाटा व्यहोरेको छ।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पनि कम्पनीले ११ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    चालु वर्ष असोजसम्म कम्पनीले ९० करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.०३ प्रतिशतले बढेको छ।

    कम्पनीले २९ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ०.३० प्रतिशतले बढेको  छ भने महाविपत्ति कोषमा १६ करोड ३० लाख रुपैयाँ, रिटेन्ड अर्निङ ६ करोड ७७ लाख रुपैयाँ र अन्य इक्विटीमा ५४ करोड २ लाख रुपैयाँ रहेको छ। 

    हाल कम्पनीको चुक्तपुँजी २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ रहेको छ ।  

    कम्पनीको प्रतिशेयर आम्दानी २१.७० रुपैयाँले ऋणात्मक रहेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ १९२.६३ रुपैयाँ रहेको छ।

     

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - ११:१८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij