Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, कसको कति ?

मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, कसको कति ?


  • 253
    Shares

    मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, कसको कति ?
    images

    काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकहरूले सार्वजनिक गरेको सूचना अनुसार २० मध्ये १२ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ बैंकहरुले स्थिर राखेको छ ।

    ब्याजदर घटाउनेमा एनआईसी एशिया, सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल, नेपाल एसबिआई, सानिमा र कुमारी बैंक रहेका छन् ।

    एभरेस्ट, ग्लोबल आइएमई, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि, नेपाल बैंक र लक्ष्मी सनराइजले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

    कात्तिक र मंसिर दुवै महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशत नै रहेको  भने कात्तिकमा औंसत ब्याजदर ५.२ प्रतिशत रहेकोमा मंसिरमा यस्तो औंसत ब्याजदर ५.०४ प्रतिशत छ।

    अहिले सबैभन्दा धेरै ब्याज ग्लाबल आइएमइ बैंकबाट पाइने भएको छ । बैंकले ६ प्रतिशत दिने भएको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सबैभन्दा कम ४.७ प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो।

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - ११:०५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij