Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

मेटलाइफको नाफा बढ्यो, जीवन बीमा कोषको आकार ३० अर्ब ६१ करोड पुग्यो

मेटलाइफको नाफा बढ्यो, जीवन बीमा कोषको आकार ३० अर्ब ६१ करोड पुग्यो


  • 162
    Shares

    मेटलाइफको नाफा बढ्यो, जीवन बीमा कोषको आकार ३० अर्ब ६१ करोड पुग्यो
    images

    काठमाडौं । मेटलाइफले आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ।सार्वजनिक विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले ९ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। 

    अघिल्लो आर्थिक वर्षको असोजसम्म कम्पनीले ९ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामाकम्पनीको नाफा ०.६८ प्रतिशतले बढेको छ।

    चालु वर्षको असोजसम्म कम्पनीको जीवन बीमा कोषमा ३० अर्ब ६१ करोड ४४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १४.८३ प्रतिशतले बढेको छ।

    कम्पनीले १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १५.४० प्रतिशतले बढेको छ भने कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ६९ करोड १२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६८ करोड ६८ लाख रुपैयाँ र अन्य इक्विटी १ अर्ब १९ करोड १८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। 

    कम्पनीले चालु वर्षको असोजसम्म १ अर्ब ५९ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १६.०८ प्रतिशतले बढेको छ।

     

     

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १०:४७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij