Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

राष्ट्रिय जीवन बीमाको नाफा १२ लाख १२ हजार, जीवन बीमा कोषमा ६४ अर्बमाथि

राष्ट्रिय जीवन बीमाको नाफा १२ लाख १२ हजार, जीवन बीमा कोषमा ६४ अर्बमाथि


  • 631
    Shares

    राष्ट्रिय जीवन बीमाको नाफा १२ लाख १२ हजार, जीवन बीमा कोषमा ६४ अर्बमाथि

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले १२ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

    अघिल्लो आर्थिक वर्षको असोजसम्म कम्पनीले २२ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ४६.५४ प्रतिशतले घटेको छ।

    चालु वर्षको असोजसम्म कम्पनीको जीवन बीमा कोषमा ६४ अर्ब १३ करोड ७४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार ६.४६ प्रतिशतले बढेको छ।

    कम्पनीले ४ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २ प्रतिशतले घटेको छ भने कम्पनीको महाविपत्ति कोषमा १ करोड ९६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा २७ करोड २० लाख रुपैयाँ रहेको छ। 

    कम्पनीले चालु वर्षको असोजसम्म ४ अर्ब ५० करोड ४६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १.९१ प्रतिशतले घटेको छ।

    हाल कम्पनीको शेयरपुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ भने कम्पनीको प्रतिशेयर आम्दानी घटेर २.६८ रुपैयाँ कायम भएको छ।

     

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १०:३०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij