२०८२ कार्तिक ३० गते आइतवार
काठमाडौं । शिवम् सिमेन्टले उल्लेख्य मात्रामा नाफा बढाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले खुद नाफामा १५ गुणा वृद्धि गरेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २७ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यो वर्षको पहिलो तीन महिनामा २० करोड ९६ लाख रुपैयाँ नाफा कमाएको हो ।
कम्पनीको बिक्री आम्दानीमा सामान्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४० करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले १ अर्ब ५३ लाख रुपैयाँ कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ९.०३ प्रतिशत बढेको छ भने कुल नाफा २१५.०७ प्रतिशत बढेको छ। कुल नाफा भने यस वर्ष कम्पनीको ३२ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको यस्तो प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३५ पैसा बढेर १५ रुपैयाँ ३७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात ३६.४२ गुणा रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij