Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

घट्यो देशभरको तापक्रम, आज काठमाडौँको न्यूनतम तापक्रम कति ?

घट्यो देशभरको तापक्रम, आज काठमाडौँको न्यूनतम तापक्रम कति ?


  • 253
    Shares

    घट्यो देशभरको तापक्रम, आज काठमाडौँको न्यूनतम तापक्रम कति ?
    images

    देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।

    यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झन्डै ९ डिग्री सेल्सियसमा झरिसकेको छ।

    मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस छ।

    'हिजो (शनिबार) यही टाइममा ९.६ डिग्री सेल्सियस थियो, पछि बिहान ८:४५ सम्ममा घटेर ९.२ डिग्री सेल्सियसमा झरेको थियो', उनले भने, 'झन् आज ५:४५ मै ९.३ देखिएको छ, अहिले ८:४५ सम्म पक्कै घट्छ।'

    आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। 

    मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

    मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ। 

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - ०७:५७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij