Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

मतदाता नामावली संकलन म्याद ५ दिन थपियो


  • 708
    Shares

    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थपेको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली दर्ता कार्य सञ्चालन गरिरहेको छ। 

    यसअघि आयोगले कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने निर्णय गरेको थियो। अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। 

    प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्ने समय थप गर्न आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामसाद भण्डारीसँग कुराकानी गर्दै कार्कीले म्याद थपका लागि आग्रह गरेकी थिइन् ।

    राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।

    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - १८:५९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij