Logo

२०८२ कार्तिक २८ गते शुक्रवार

२०८२ कार्तिक २८ गते शुक्रवार

नेपाली कम्युनिस्ट पार्टीले आयोगबाट लियो दल दर्ताको प्रमाणपत्र

नेपाली कम्युनिस्ट पार्टीले आयोगबाट लियो दल दर्ताको प्रमाणपत्र


  • 463
    Shares

    नेपाली कम्युनिस्ट पार्टीले आयोगबाट लियो दल दर्ताको प्रमाणपत्र
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका वाम समूह मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । शुक्रबार दलका नेताहरू निर्वाचन आयोग पुगेर दर्ताको प्रमाणपत्र लिएका हुन् ।

    फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता र प्रमाणपत्र लिनुपर्ने समय सीमा कात्तिक ३० गते भित्र रहेको छ । गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका पार्टीबिच एकता घोषणा गर्दै नयाँ पार्टी गठन गरिएको थियो । 

    उक्त पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड छन् भने सहसंयोजक माधवकुमार नेपाल रहेका छन् ।

     

    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - १७:३३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij