२०८२ कार्तिक २८ गते शुक्रवार
काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), रवि लामिछाने नेतृत्वको रास्वपा छाडेका सन्तोष परियार र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किरातीबिच मंसिर ७ गते एकता हुने भएको छ ।
आज मात्रै उनीहरूबिच ५ बुँदे सहमति भएको छ । उनीहरूबीच ५ बुँदे सहमति भएको हो, जसमा वृहत् एकता घोषणा कार्यक्रम गर्ने सहमति भएको छ।
मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छौँ’, सहमति पत्रमा भनिएको छ । साथै उनीहरुले देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेष गरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij