Logo

२०८२ कार्तिक २८ गते शुक्रवार

२०८२ कार्तिक २८ गते शुक्रवार

क्रिकेट रङ्गशाला बनाउन हिडेको धुर्मुस अस्पतालको बेडमा, के भएको हो ?

क्रिकेट रङ्गशाला बनाउन हिडेको धुर्मुस अस्पतालको बेडमा, के भएको हो ?


  • 771
    Shares

    क्रिकेट रङ्गशाला बनाउन हिडेको धुर्मुस अस्पतालको बेडमा, के भएको हो ?
    images

    काठमाडौँ । कलाकार कुमार कट्टेलले बिहीबार फेसबुकमा लेखे, ‘रातदिन सिंहदरबारको बास । अनि अहिलेको दाइको अवस्था । देश बनाउनुपर्छ भन्ने युवाले पाएको प्रोत्साहन ।’

    उनले स्टाटससँगै भिडियो पनि राखेका छन्, जहाँ कलाकार सीताराम कट्टेल ुधुर्मुसु अस्पतालको बेडमा उपचार गराइरेहका छन् । कुमार सीतारामका भाइ हुन् । सीतारामको स्वास्थ्य अवस्थालाई लिएर यतिबेला सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न चासो र चिन्ता लिइरहेका छन् ।

    सामुदायिक प्राकृतिक चिकित्सालय रजहर, नवलपरासीमा सीतारामले बिहानको उपचार लिँदै गरेको तस्बिर सेयर गर्दै श्रीमती कलाकार कुञ्जना घिमिरेले पनि फेसबुकमा पोखिन्, ‘शारिरिक अनि मानसिक दुवै रुपले धेरै नै गल्नुभएको छ तर हजुरहरुको मायाले उहाँ छिट्टै पहिलेको सामान्य अवस्थामा फर्किनुहुनेछ भन्ने आस जागेको छ ।’

    कलाकारितामा जमिरहेका सीताराम दम्पती २०७२ सालको भूकम्पपछि सामाजिक काममा सक्रिय भए । भूकम्पपीडित बस्तीहरूमा घर बनाउन होस् वा राहत बाँड्न, उनीहरू दत्तचित्त रहे । त्यही क्रममा भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने महत्वकांक्षी योजना बनाए ।

    दुई वर्षभित्र निर्माण सक्ने गरी २०७५ माघ १६ गते अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको घोषणा गरे । तर काम गर्दागर्दै सहयोग गर्छु भन्नेहरू पछि हटे र सरकारबाट पनि असहयोग प्राप्त भयो । चार वर्षअघि अन्तत: हात झिके ।

    त्यसयता फाइल लिएर कहिले भरतपुर महानगरपालिका र कहिले सिंहदरबारको ढोका ढकढक्याइरहेका सीताराम पछिल्लो समय शारीरिक र मानसिक पीडा खेपिरहेका छन् ।

    भाइ कुमारका अनुसार अहिले सीताराम सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचाररत छन् । उनको स्वास्थ्यमा नसाका रोगसाथै एन्जाइटी र प्रेसर लगायतका समस्या आइरहेका छन् ।

    ‘दाइ रातभरि पीडाले सुत्न सक्नुहुन्न । यतिका वर्षदेखि फाइल बोक्दै उहाँ धाइरहनुभएको छ । महानगर मन्त्रालय देखाउँछ । मन्त्रालय महानगर,’ कुमार भन्छन्, ‘देशमा केही गर्छु भन्ने मान्छेलाई यो सरकार मर्न बाध्य बनाइरहेछ । दाइको अवस्था झन्‌झन् गम्भीर हुँदै गइरहेछ । कुनबेला के हुने थाहा छैन ।’ अहिले सीताराम बिहान चिकित्सालय जान्छन्, दिनभरि महानगरपालिका धाउँछन् ।

    यस्तो अवस्थामा पनि दाइलाई मानसिक तनाव आउन नछाडेको कुमारको गुनासो छ । चिकित्सालयको व्यवस्थापक हरि सापकोटाका अनुसार पेटसम्बन्धी समस्या र अनिद्राका कारण उपचारका लागि कात्तिक १२ देखि सीताराम यहाँ उपचार गराइरहेका छन् ।

    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - १७:१२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij