Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

इको प्यानललाई ट्रेडमार्क प्रयोग रोक्न निर्देशन, कम्पनीलाई एकल हक पुष्टि

इको प्यानललाई ट्रेडमार्क प्रयोग रोक्न निर्देशन, कम्पनीलाई एकल हक पुष्टि


  • 827
    Shares

    इको प्यानललाई ट्रेडमार्क प्रयोग रोक्न निर्देशन, कम्पनीलाई एकल हक पुष्टि

    काठमाडौं । यस इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.को एकाधिकारमा रहेको इको प्यानल ट्रेडमार्कसम्बन्धी दीर्घकालीन विवादमा उद्योग विभागले कम्पनीको दाबीलाई मान्यता दिँदै महत्वपूर्ण निर्णय गरेको छ। 

    कम्पनीले विपक्षी इको प्यानल नेपाल प्रा.लि. विरुद्ध दायर उजुरीका आधारमा उद्योग विभागले पहिलोपटक मिति २०७९\०४\११ तथा दोस्रोपटक मिति २०८०\०७\२० मा सो ट्रेडमार्क प्रयोग नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो। सोही प्रकरणमा उद्योग विभागले मिति २०८२\०३\३० मा इको प्यानल ट्रेडमार्क कम्पनीको एकल स्वामित्व र हकभोगमा रहने गरी अन्तिम निर्णय सुनाएको छ।

    अन्तरकालीन आदेशको कार्यान्वयनका लागि विभागले मिति २०८२\०६\३१ मा जिल्ला प्रशासन कार्यालय भक्तपुर, नेपाल प्रहरी साइबर ब्युरो काठमाडौं र विपक्षी इको प्यानल नेपाल प्रा.लि.लाई पत्राचार गरेको छ।

    यसर्थ, विभागको आदेश र निर्णयको पूर्ण पालन गर्दै कम्पनीको स्वामित्वमा रहेको सो ट्रेडमार्कको नक्कल, दुरुपयोग वा कुनै पनि प्रकारको उत्पादन, प्रचार-प्रसार, बिक्री तथा वितरण गतिविधि नगर्न-नगराउन सम्बन्धित सबै पक्षलाई सार्वजनिक रूपमा सूचित गरिन्छ।

    प्रचलित कानुन विपरीत यस ट्रेडमार्कको अनधिकृत प्रयोग वा दुरुपयोग गर्नेरगराउने कुनै पनि पक्षविरुद्ध कम्पनीले अविलम्ब कानुनी कारबाही अघि बढाउने व्यहोरा समेत स्पष्ट पारिन्छ।

     

    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - १७:०४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij