Logo

२०८२ कार्तिक २८ गते शुक्रवार

२०८२ कार्तिक २८ गते शुक्रवार

जेनजीहरुलाई मिराज ढुंगानाको आग्रहः अहिले निर्वाचनको कुरा नगरौँ

जेनजीहरुलाई मिराज ढुंगानाको आग्रहः अहिले निर्वाचनको कुरा नगरौँ


  • 386
    Shares

    जेनजीहरुलाई मिराज ढुंगानाको आग्रहः अहिले निर्वाचनको कुरा नगरौँ
    images

    काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले मुलुकलाई निकास दिन सर्वपक्षीय वार्ता हुनुपर्ने प्रश्ताव गरेका छन् । 

    नागरिक समूहले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई यथास्थितिमा निर्वाचनमा जान नसकिने अडान समेत राखेका छन् ।अभियन्ता ढुंंगानाले जेनजी आन्दोलनको अर्थलाई सावित गराएर मात्रै मुलुकलाई निकास दिन पनि तत्काल सर्वपक्षीय वार्ता आवश्यक रहेको तर्क गरेका छन्।

    उनले यथास्थितिमा निर्वाचनमा जाने कुरा नगर्न जेनजी पुस्ताहरुलाई आग्रह समेत गरेका छन् । अभियन्ता ढुंगानाले देश रोइरहेको अवस्थामा निर्वाचनमा जाने कुरा गरेर यसको स्वाधिनतामाथि प्रश्न चिन्ह खडा हुने चेतावनी समेत दिएका छन् । 

    उनले भने,‘ हामी कुनै पनि तरिकाले निकास नखोजी निर्वाचनमा जानु हुँदैन । यो फेयर हुँदैन, नेपाली जनतालाई फेयर हुँदैन । जुन अवस्थाबाट हाम्रो देश गुज्रेको छ । त्यसको लागि न्याय होइन यो । सिंहदरवार जल्नु भनेको देश रुनु  हो । पशुपतिनाथ लगभग जल्नुको भर्जमा पुग्नु भनेको त्यो पनि देश रुनु हो । न्यायालय जल्नु भएको एकदम दुखद कुरा हो । यो सबै हुँदा निर्वाचनमा सोझै जाने भन्ने कुरा हुँदैन । हामीले एउटा सोलुशन खोज्नुपर्छ । र, जो पनि जेन–जी साथीहरु हुनुहुन्छ । तपाईहरुले सोझै निर्वाचन नभनिदिनुहोला । देश रोएको छ । सोझै निर्वाचनमा जाने, यो वैधानिक, त्यो बैधानिक, वैधानिकता त हामी पनि बुझदछौ । धेरैले बुझनुहुन्छ । यहाँ धेरै बुद्धिजीविहरु हुनुहुन्छ । बैधानिकता त अल्टिमेटली चाहियो । तर आन्दोलनको के अर्थ भयो रु केही न केही त चाहियो नि त । सो मेरो निष्कर्षको कुरा के हो भन्दाखेरी हामी बरु सर्वपक्षीय वार्ता गरौ । तर देशलाई निकास दिउँ ।

    अभियन्ता ढुंगानाले युवाहरु विदेश पलायन हुने क्रम बढिरहेकाले त्यसलाई रोक्नका लागि पनि आवश्यक निर्णय लिनुपर्ने बेला आएको बताएका छन् ।

    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - १६:५१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij