Logo

२०८२ कार्तिक २८ गते शुक्रवार

२०८२ कार्तिक २८ गते शुक्रवार

मतदाता नामावली संकलनको समय पाँच दिन थप्ने तयारी

मतदाता नामावली संकलनको समय पाँच दिन थप्ने तयारी


  • 365
    Shares

    मतदाता नामावली संकलनको समय पाँच दिन थप्ने तयारी
    images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलनमा देखिएको उत्साह र चापलाई ध्यानमा राख्दै म्याद थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । 

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएको पनि सचिवालयको भनाइ रहेको छ । सोहीअनुसार म्याद थपको तयारी भइरहेको बताइएको छ । 

    राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ ।

    यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन् । 

    समाधान गर्दै अघि बढिरहेको भण्डारीले जानकारी दिएका छन् भने यसअघि आयोगले मतदाता नामावली संकलनका लागि नयाँ नाम दर्ता गर्न कात्तिक ३० गतेसम्मको म्याद तोकेको थियो ।

    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - १६:३८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij