Logo

२०८२ कार्तिक २८ गते शुक्रवार

२०८२ कार्तिक २८ गते शुक्रवार

मधेसको मुख्यमन्त्री नियुक्तिको विरोधमा विरोध जारी

मधेसको मुख्यमन्त्री नियुक्तिको विरोधमा विरोध जारी


  • 253
    Shares

    मधेसको मुख्यमन्त्री नियुक्तिको विरोधमा विरोध जारी
    images

    काठमाडौं । मधेसको मुख्यमन्त्री नियुक्तिको विरोधमा ७ राजनीतिक दलले छैटौँ दिन पनि आन्दोलन जारी राखेका छन् । मधेसमा मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको भन्दै प्रदेशसभा सदस्यहरु आज पनि मधेस भवन अगाडी धर्नालाई जारी राखेका हुन् ।

    धर्नामा मधेस प्रदेशका पूर्वमन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु सहभागी छन् । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलका संसदीय दलका नेताको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई कार्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त गरेर २४ गते शपथग्रहण गराएपछि ती दलहरु आन्दोलनमा होमिएका हुन् ।

    सात दलले ७४ जना प्रदेश सभाको समर्थन रहेको भन्दै संविधानको धारा १६८ को उपधारा २ को आधारमा बहुमतीय सरकार बनाउने अवस्था हुँदा हुँदै गलत नियतले उपधारा ३ प्रयोग गरेर नेकपा एमालेको नेतृत्वमा सरकार बनाइएको भन्दै ७ दलका नेताहरू त्यही दिनदेखि विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - १४:३५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij