२०८२ कार्तिक २८ गते शुक्रवार
काठमाडौं । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या आएको छ । आंशिक रूपमा सुचारु भएको विभागको अस्थायी सर्भरमा प्राविधिक समस्या देखिएको हो ।
विभागले कात्तिक १६ गतेबाट सर्भर सुचारु गरेसँगै नयाँ तथा नवीकरणका सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन दिने, तथा छपाइ सेवा सुचारु गरेको थियो ।
शुक्रबार बिहानबाट सर्भरमा समस्या आएपछि उक्त सेवा ठप्प भएको विभागले निकालेको सूचनामा उल्लेख छ । इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको विभागले जनाएको छ ।
भदौ २३ र २४ गते भएको आन्दोलनका कारण विभागमा क्षति पुगेसँगै विभागले दिने सेवा अवरुद्ध भएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij