२०८२ कार्तिक २८ गते शुक्रवार
काठमाडौं । विश्वभर सांस्कृतिक सम्पतीको अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ । सन् २०२० मा युनेस्कोको ४० औँ महासभाले यो दिवसलाई आधिकारिक रूपमा मान्यता दिएको थियो ।
नेपालमा पनि पुरातत्व विभाग, संस्कृति मन्त्रालय र विभिन्न सङ्ग्रहालयहरूले संयुक्त रूपमा यो दिवस मनाएका छन् । पुरातत्वविद् तथा विज्ञहरूले नेपालबाट अवैध रूपमा बाहिरिएका मूर्ति, कलाकृति र पुरातात्विक सामग्री फिर्ता ल्याउने प्रयासलाई तिब्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
आज काठमाडौं,ललितपुर, भक्तपुर र पोखरा लगायतका विभिन्न स्थानमा पनि सचेतनामूलक प्रदर्शनी, गोष्ठी र विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् । सांस्कृतिक सम्पदा जोगाउन सबै नागरिक सचेत हुनुपर्ने सन्देशसहित यो दिवस सम्पन्न भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij