Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

एनएलजी इन्स्योरेन्सको कुल बीमाशुल्क ८२ करोड २१ लाख, चुक्तापुँजी कति ?

एनएलजी इन्स्योरेन्सको कुल बीमाशुल्क ८२ करोड २१ लाख, चुक्तापुँजी कति ?


  • 1.1K
    Shares

    एनएलजी इन्स्योरेन्सको कुल बीमाशुल्क ८२ करोड २१ लाख, चुक्तापुँजी कति ?

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १० करोड १० लाख रुपैयाँ घाटा व्यहोरेको छ। 

    अघिल्लो आर्थिक वर्ष कम्पनीले ४ करोड ८९ लाख नाफा आर्जन गरेको थियो। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको कारणले भएको क्षतिले गर्दा समीक्षा अवधिको नाफामा नकारात्मक असर परेको हो।

    कम्पनीले ८२ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल व्यापार ४३.०२ प्रतिशतले बढेको छ।

    कम्पनीले १७ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने कम्पनीको शेयर प्रिमियममा २७ करोड १९ लाख रुपैयाँ, महावित्तपत्ति कोषमा ८ करोड ५७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ५ करोड ७४ लाख रुपैयाँ र स्पेसल रिजर्भमा १ अर्ब ३८ करोड २७ लाख रुपैयाँ रहेको थियो।

    हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १५.७६ रुपैयाँले ऋणात्मक बनेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १६८.७६ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - १३:५९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij