२०८२ कार्तिक २८ गते शुक्रवार
काठमाडौं । झापा इनर्जीको शेयर आगामि आइतबारबाट कारोबारमा आउने भएको छ। झापा इनर्जीको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।
कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि शनिबार परेको झापा इनर्जीको शेयर आइतबारबाट कारोबारमा आउने भएको हो।
झापा इनर्जीको कुल ३८ लाख १ हजार ९०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जस मध्ये सर्वसाधारणको ९ लाख ५० हजार ४७५ कित्ता (२५ प्रतिशत) र संस्थापकको २८ लाख ५१ हजार ४२५ कित्ता (७५ प्रतिशत) रहेको छ।
पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १००.१२ रुपैयाँदेखि अधिकतममा ३००.३६ रुपैयाँ तोकेको छ। अब आइतबार स्पेसल प्रिसेसनमा यदि यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउने भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij