२०८२ कार्तिक २८ गते शुक्रवार
काठमाडौं । लाइफ इन्स्यारेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १० करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।
अघिल्लो आर्थिक वर्ष कम्पनीले ७ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ३७.४७ प्रतिशतले बढेको छ।
कम्पनीले चालु वर्षको असोजसम्म ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको हालको शेयरपुँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
चालु वर्षको असोजसम्म कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा जीवन बीमा कोषको आकार १०.६४ प्रतिशतले बढेको छ भने कम्पनीले ४ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ८.९६ प्रतिशतले बढेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी बढेर ७.८८ रुपैयाँ कायम भएको छ भने पीई रेसियो १००.८७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १८३.३२ रुपैयाँ रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij