Logo

२०८२ कार्तिक २८ गते शुक्रवार

२०८२ कार्तिक २८ गते शुक्रवार

मतदाता नामावलीमा नाम दर्ता गर्न २ दिन मात्रै बाँकी

मतदाता नामावलीमा नाम दर्ता गर्न २ दिन मात्रै बाँकी


  • 260
    Shares

    मतदाता नामावलीमा नाम दर्ता गर्न २ दिन मात्रै बाँकी
    images

    काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद सकिन दुई दिन मात्रै बाँकी छ ।

    यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ । मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लाग्दा थपिने नयाँ मतदाताको संख्या पनि वृद्धि हुँदै आएको निर्वाचन आयोगले जनाएको छ ।

    पछिल्ला केही दिन अझ मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यले रफ्तार पाउने आयोगका अधिकारीहरू बताउँछन् । किनभने, राष्ट्रिय परिचयपत्रको तथ्यांकलाई मतदाता नामावली दर्तामा प्रयोग गरिएको छ ।

    निर्वाचन आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गरेको हो ।

    राष्ट्रिय पञ्जीकरण विभागले राष्ट्रिय परिचय पत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराएपछि यो सम्भव भएको हो । यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाएको छ ।

    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - १०:४४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij