Logo

२०८२ कार्तिक २७ गते बिहिवार

२०८२ कार्तिक २७ गते बिहिवार

पेरूमा ट्रकसँग ठोक्किएको बस खोँचमा खस्दा ३७ जनाको मृत्यु

पेरूमा ट्रकसँग ठोक्किएको बस खोँचमा खस्दा ३७ जनाको मृत्यु


  • 323
    Shares

    पेरूमा ट्रकसँग ठोक्किएको बस खोँचमा खस्दा ३७ जनाको मृत्यु
    images

    काठमाडौं । पेरूमा ट्रकसँग ठोक्किएर २०० मिटर खोँचमा यात्रुबाहक खस्दा ३७ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । बसमा ६० जना यात्रु सवार थिए ।

    पेरूलाई चिलीसँग जोड्ने पान-अमेरिकन राजमार्गमा बुधबार बिहान ट्रकसँग ठोक्किएर बस खोँचमा खसेर दुर्घटना भएको हो । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बस मोडमा पिकअप ट्रकसँग ठोक्किएको थियो र त्यसपछि ओकोना नदीतिरको खाल्डोमा खसेको थियो ।

    रिपोर्टका अनुसार दुर्घटनामा दुवै चालक भने बाँच्न सफल भएका छन् ।  ओकोना जिल्लाका मेयर भाल्डोर लेरेनाका अनुसार दुर्घटना स्थल वरपरको भूभाग धेरै उबडखाबड थियो र यस क्षेत्रमा पहिले पनि धेरै गम्भीर दुर्घटनाहरू भएका थिए ।

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - १३:२२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij