२०८२ कार्तिक २७ गते बिहिवार
काठमाडौं । कुमारी बैंकले यो वर्ष पनि शेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
वार्षिक साधारणसभा र बुक क्लोजको मिति भने पछि तय हुने बैंकले जनाएको छ । गत वर्ष पनि कुमारी बैंकले शेयरधनीलाई कुनै लाभांश दिएको थिएन ।
आर्थिक वर्ष २०७९\८० मा १२.५० प्रतिशत नगद लाभांश पाएयता शेयरधनीको हात रित्तो रहँदै आएको छ । बैंकको हाल सञ्चित नोक्सानी रकम ३ अर्ब ९१ करोड रुपैयाँ छ ।
बैंकले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने र केन्द्रीय बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभामा पेस गरी अनुमोदन गर्ने निर्णय पनि गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij