Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

बलिउड अभिनेता गोविन्दा बेहोस भई अस्पताल भर्ना

बलिउड अभिनेता गोविन्दा बेहोस भई अस्पताल भर्ना


  • 260
    Shares

    बलिउड अभिनेता गोविन्दा बेहोस भई अस्पताल भर्ना
    images

    काठमाडौं । बलिउडका चर्चित अभिनेता गोविन्दा अचानक बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार, उनलाई गए राति करिब १ बजे मुम्बईस्थित क्रिटिकेयर एसिया मल्टीस्पेशालिटी अस्पतालमा लगिएको हो । घरमै बेहोस भएपछि उनले पारिवारिक साथीलाई बोलाएका थिए, जसपछि तुरुन्तै उनलाई अस्पताल पुर्‍याइएको बताइन्छ ।

    अस्पताल पुगेपछि चिकित्सकले तत्काल आवश्यक उपचार थालेका थिए । रिपोर्ट अनुसार, गोविन्दाको अहिले विभिन्न स्वास्थ्य परीक्षणहरू भइरहेको छ र चिकित्सकहरूले न्यूरो विशेषज्ञको सल्लाहका लागि प्रतीक्षा गरिरहेका छन् । 

    भारतीय मिडिया इन्डिया टुडेको रिपोर्टअनुसार, ६१ वर्षीय गोविन्दाले अस्पतालमा भर्ना हुनुअघि नै आफूलाई असहज महसुस गरिरहेका थिए ।

    हालसम्म उनको परिवार वा व्यवस्थापन टोलीले औपचारिक वक्तव्य जारी गरेको छैन, तर अस्पताल स्रोतका अनुसार गोविन्दाको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ । बलिउडका दर्शक र उनका प्रशंसकहरूले गोविन्दाको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

     

    प्रकाशित मिति :कार्तिक २६ २०८२ बुधवार - १५:०१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij