Logo

२०८२ कार्तिक २७ गते बिहिवार

२०८२ कार्तिक २७ गते बिहिवार

‘मन बिनाको धन’को थपियो शो

‘मन बिनाको धन’को थपियो शो


  • 526
    Shares

    ‘मन बिनाको धन’को थपियो शो
    images

    काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो ‘मन बिनाको धन’ । फिल्मको व्यवसाय दिन प्रतिदिन बढ्दो रहेको छ । फिल्मले दर्शकबाट राम्रो प्रक्रिया पाउन समेत सफल भएको छ ।

    फिल्मका निर्देशक टंक बुढाथोकीले फिल्मले सुरुवाती दिनभन्दा अहिले राम्रो व्यवसाय गर्न सफल भएको बताए । ‘फिल्मले सुरुवातको समय कम शो पाएको थियो । दर्शकको प्रतिक्रिया राम्रो आएपछि अहिले शो पनि बढेको छ’, बुढाथोकीले भने ‘ फिल्म हेर्न स्कुल विद्यार्थी देखि बुबाआमासम्म देखिएका छन् ।’ विशेष गरेर फिल्मको अशोक दर्जीसँगै नीता ढुंगाना र रमेश विश्वकर्मा अभिनय मन पराइएको बुढाथोकीको भनाई छ । 

    सोमबार फिल्मको नेपालगञ्जाको सिने रोयलमा ७ शो र क्युएफएक्स बागेश्वरीमा २ शो हाउसफुल भएको थियो । पूर्वको इटहरी, बिर्तामोड, दमक , विराटनगर, चितवन, पोखरा, दाङ्गमा दर्शकको भिड बढ्दो छ  ।

    सुरुको दिनमा ९५ सो पाएको फिल्मले अहिले देशभरसवा सयको हाराहारी पाएको छ । फिल्ममा दर्शक देखिएसँगै फिल्मका कलाकार काठमाडौंमा विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन् ।

    प्रकाशित मिति :कार्तिक २५ २०८२ मंगलवार - १२:०९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij