२०८२ कार्तिक २८ गते शुक्रवार
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार आइएमई लाइफले १५ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।
अघिल्लो आर्थिक वर्षको असोजसम्ममा कम्पनीले १४ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ९.१७ प्रतिशतले बढेको छ।
चालु वर्षको पहिलो तीन महिनामा कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब १८ करोड ६२ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार ४०.८२ प्रतिशतले बढेको छ।
कम्पनीले चालु वर्षको असोजसम्ममा १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३१.९६ प्रतिशतले बढेको छ।
कम्पनीले १ अर्ब ५९ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ३०.९९ प्रतिशतले बढेको छ।
हाल कम्पनी शेयरपुँजी ५ अर्ब रुपैयाँ रहेको प्रतिशेयर आम्दानी बढेर १२.६७ रुपैयाँ कायम भएको छ भने पीई रेसियो ३३.५६ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३७.४१ रुपैयाँ रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij