Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सूर्यज्योति लाइफले कमायो १२ करोड ८० लाख बढी नाफा, अन्य सूचकमा पनि बढोत्तरी

सूर्यज्योति लाइफले कमायो १२ करोड ८० लाख बढी नाफा, अन्य सूचकमा पनि बढोत्तरी


  • 813
    Shares

    सूर्यज्योति लाइफले कमायो १२ करोड ८० लाख बढी नाफा, अन्य सूचकमा पनि बढोत्तरी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार सूर्यज्योति लाइफले १२ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। 

    अघिल्लो आर्थिक वर्षको असोजसम्ममा कम्पनीले ११ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो भने अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ११ प्रतिशतले बढेको छ।

    चालु वर्षको पहिलो ३ महिनामा कम्पनीको जीवन बीमा कोषमा ४३ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार २१.६० प्रतिशतले बढेको छ।

    २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १८.७४ प्रतिशतले बढेको छ भने २ अर्ब ९५ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    कम्पनीको शेयरपुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर ९.७८ रुपैयाँ कायम भएको छ भनेपीई रेसियो ४५.६९ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३४.४२ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :कार्तिक २५ २०८२ मंगलवार - ११:४२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij