Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

राष्ट्र बैंकले मुद्दति निक्षेपमा पौने ४ अर्ब लगानी गर्दै

राष्ट्र बैंकले मुद्दति निक्षेपमा पौने ४ अर्ब लगानी गर्दै


  • 414
    Shares

    राष्ट्र बैंकले मुद्दति निक्षेपमा पौने ४ अर्ब लगानी गर्दै
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब पौने ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।

    केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ७० करोड ८५ रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि कात्तिक २६ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

    कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब ९६ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ५५ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको छ।

    यो लगानी ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जानकारी दिएको छ।

    प्रकाशित मिति :कार्तिक २५ २०८२ मंगलवार - १०:५४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij