Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

एन्फा, खेलाडी र क्लवबीचको बैठक मंगलवार सिंहदरबारमा बस्ने

एन्फा, खेलाडी र क्लवबीचको बैठक मंगलवार सिंहदरबारमा बस्ने


  • 1.1K
    Shares

    एन्फा, खेलाडी र क्लवबीचको बैठक मंगलवार सिंहदरबारमा बस्ने
    images

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा), शिर्ष डिभिजन लिगका क्लव र खेलाडीहरूबीच मंगलवार युवा तथा खेलकुद मन्त्रालयमा बैठक हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच सोमवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तय बैठक अवरोध भएको थियो । यससँगै खेलकुद मन्त्रालयको पहलमा तीन पक्षबीच मंगलवार सिंहदरबारमा बैठक हुने भएको हो । 

    यसअघि पनि एन्फा, शिर्ष डिभिजन लिगका क्लव र खेलकुद मन्त्रालयबीच लिग गर्ने विषयमा छलफल भएको थियो । उक्त छलफलपछि नै एन्फा र क्लवबीच शिर्ष डिभिजन लिग आगामी वर्ष गर्ने सहमति भएको छ । त्यो निर्णयको विरोध गर्दै खेलाडीहरू आन्दोलन उत्रिएका हुन् । फुटबल खेलाडीहरूले शहीद स्मारक ‘ए’ डिभिजन लिग गराउन माग राख्दै केही समयअगाडि एन्फा गेटमा आन्दोलन सभा आयोजना गरेका थिए ।

    सोही घटनापछि एन्फाले खेलाडीलाई वार्तामा बोलाएको थियो । खेलाडी संघले बैठकको प्रत्यक्ष प्रशारण गर्न माग राखेपछि दुई पक्षबीच एन्फामा तय बैठक हुन नसकेको हो । एन्फाले आईतवार नै प्रेस विज्ञप्ती जारी गर्दै खेलाडीलाई छलफलमा बोलाए पनि बैठक हुन सकेन । बैठकअगाडि नै खेलाडीहरूले समाजिक सञ्जालबाट बैठक लाइभ गरे मात्र छलफलमा बस्ने स्पष्ट पारेका थिए । तर एन्फाले उनीहरूको प्रश्ताव अस्वीकार गरेपछि सोमबार हुने भनिएको बैठक अवरोध भएको हो । अब मन्त्रालयको रोबहरमा एन्फा, क्लव र खेलाडीबीच सिंहदरबारमा बैठक बस्ने भएको छ । 

    खेलाडीहरूले आन्दोलनप्रति चासो राख्दै बैठक आह्वान गरेकोमा एन्फालाई धन्यवाद दिएका थिए । तर खेलाडीले आम फुटबलप्रेमीको पनि चासोको विषय भएकोले प्रत्यक्ष प्रशारणको माग राखे । प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ।

    फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले ट्रान्सपरेन्सी चाहिएको र वास्तविक समस्या के रहेछ भन्ने सरोकारवालाहरूलाई देखाउन आवश्यक रहेकाले लाइभ माग गरिएको उल्लेख गरेका छन् । बन्द कोठमा जे पनि सम्झौता हुनसक्ने र एन्फाले आपसी बैठक प्रत्यक्ष रूपमा सार्वजनिक नगरौं भन्ने कुरा गरेपछि आफूहरूले बैठक बहिस्कार गरेको उनको भनाइ छ ।

    गत सोमवार एन्फा र शिर्ष डिभिजन क्लबबीचको बैठकले यस वर्ष पनि शिर्ष डिभिजन लिग नहुने निर्णय गरेको थियो । शिर्ष डिभिजन लिगको साट्टो राष्ट्रिय लिग गर्ने सहमती जुटेपछि खेलाडीहरु आक्रोसित भएका हुन् । तीन दिनपछि खेलाडीहरू आन्दोलनमा उत्रिए । एन्फा लिग आयोजनाबाट भाग्न खोजेको र लिग हुनैपर्ने भन्दै खेलाडीले आह्वान गरेको आन्दोलनमा सरोकारवालाले पनि समर्थन गरेका छन् ।

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - १६:४५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij