Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य

सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य


  • 694
    Shares

    सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य
    images

    काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग दराज ११.११ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ ।

    ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु १,५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु २,००० सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिनेछ । यो योजना २०८२ कार्तिक २५ देखि मंसिर ५ गतेसम्मका लागि लागू हुनेछ ।

    बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् । 

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - १६:२७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij