Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

राष्ट्र बैंकको कारबाहीमा कुमारी र प्राइम कमर्सियल बैंक, यस्तो छ कारण

राष्ट्र बैंकको कारबाहीमा कुमारी र प्राइम कमर्सियल बैंक, यस्तो छ कारण


  • 428
    Shares

    राष्ट्र बैंकको कारबाहीमा कुमारी र प्राइम कमर्सियल बैंक, यस्तो छ कारण
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले आज सूचना जारी गर्दै कुमारी बैंक र प्राइम कमर्सियल बैंकमाथि कारबाही गरिएको जानकारी गराएको हो। दुवै बैंकले पहिलोपटकका लागि राष्ट्र बैंकले सचेत गराएको छ।

    प्राइम कमर्सियल बैंकले कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, जोखिम भार गणना गर्दा यस बैंकबाट जारी क्यापिटल एडुक्वेसी फ्रेमवर्क-२०१५ बमोजिम जोखिम भार गणना नगरेकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

    कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था रहेको छ। तर, उक्त व्यवस्थाको अनुपालना नगरेकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा१ (क) को व्यवस्थाबमोजिम कुमारी बैंकलाई सचेत गराइएको छ।

     

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - ११:५८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij