Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण, प्रस्ताव पेस गर्न आह्वान

बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण, प्रस्ताव पेस गर्न आह्वान


  • 827
    Shares

    बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण, प्रस्ताव पेस गर्न आह्वान

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले वाणिज्य बैंक र विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । 

    प्राधिकरणले बैंक मौज्दात लगानी नीतिअनुसार विभिन्न वाणिज्य बैंक र विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नका लागी बोलपत्र आह्वान गरेको हो ।

    प्राधिकरणले बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी विवरणहरु खुल्ने गरी ७ दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको छ। 

    सिलबन्दी पेश गर्दा मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्सानको अवस्था, बैंकको निष्कृय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, बैंक स्थापना भएको वर्ष र पूँजी पर्याप्तता कोषकोषजस्ता विवरण बैंकहरुले पेस गर्नुपर्ने जनाएको छ। 

     

    प्रकाशित मिति :कार्तिक २३ २०८२ आइतवार - १२:३९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij