२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । नेपाल बीमा प्राधिकरणले वाणिज्य बैंक र विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
प्राधिकरणले बैंक मौज्दात लगानी नीतिअनुसार विभिन्न वाणिज्य बैंक र विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नका लागी बोलपत्र आह्वान गरेको हो ।
प्राधिकरणले बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी विवरणहरु खुल्ने गरी ७ दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको छ।
सिलबन्दी पेश गर्दा मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्सानको अवस्था, बैंकको निष्कृय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, बैंक स्थापना भएको वर्ष र पूँजी पर्याप्तता कोषकोषजस्ता विवरण बैंकहरुले पेस गर्नुपर्ने जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij