२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको मुनाफा २२ करोड ४ लाख ११ हजार रुपैयाँ ऋणात्मक बनेको छ ।
गत आर्थिक वर्षको सोहि अवधिमा १९ करोड ८२ लाख रूपैयाँ खुद नाफा कमाएको बैंक २११.२० प्रतिशतले घटेर ऋणात्मक बनेको छ ।
असोज मसान्तसम्मको अवधिका बैंकको खुद ब्याज आम्दानी ११.२४ प्रतिशतले बढेर १ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ पुगेको छ भने गत आर्थिक वर्षको सोहि अवधिका उक्त आम्दानी १ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।
बैंंकको सञ्चालन नाफा ३७ करोड १८ लाख ५४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा पनि ४१ करोड ४७ लाख ७८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
बैंकको चुक्तापूँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४१ करोड ४७ लाख रुपैयाँ ऋणात्मक छ । असोज मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी ५.९७ रुपैयाँ ऋणात्मक र प्रतिशेयर नेटवर्थ १५३.३० रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij