Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

एनआईसी एसिया बैंकले कमायो १२ करोड २१ लाख नाफा, यस्ता छन् अन्य सूचक

एनआईसी एसिया बैंकले कमायो १२ करोड २१ लाख नाफा, यस्ता छन् अन्य सूचक


  • 904
    Shares

    • images
    एनआईसी एसिया बैंकले कमायो १२ करोड २१ लाख नाफा, यस्ता छन् अन्य सूचक

    काठमाडौं । एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष २०८२\८३ को तिन महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा एनआईसी एसिया बैंकले १२ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

    अघिल्लो आर्थिक वर्षको साही अवधिमा बैंकले ११ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १०.५३ प्रतिशतले बढेको छ।

    असोजसम्म बैंकको सञ्चालन मुनाफा १९ करोड ३५ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा १७ करोड ३८ लाख रुपैयाँ थियो। बैंकले २ अर्ब २८ करोड ६० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ब्याज आम्दानी १०.४४ प्रतिशतले कम हो।

    बैंकको वितरणयोग्य मुनाफा ६ अर्ब २४ करोड ८२ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने बैंकले ३ खर्ब ३७ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १२ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। 

    बैंकको प्रतिशेयर आम्दानी बढेर ३.२१ रुपैयाँ कायम भएको छ भने चालु आर्थिक वर्षको असोजसम्म बैंकको खराब कर्जा अनुपात घटेर १.७४ प्रतिशत कायम भएको छ। 
     

    प्रकाशित मिति :कार्तिक २१ २०८२ शुक्रवार - १३:५२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij