Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

४४ करोडले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, दुई अर्ब ९२ करोड उठायो ब्याज

४४ करोडले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, दुई अर्ब ९२ करोड उठायो ब्याज


  • 848
    Shares

    • images
    ४४ करोडले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, दुई अर्ब ९२ करोड उठायो ब्याज

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्ष २०८२\८३ को पहिलो तिन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  यो गत वर्षको तुलनामा ४४ करोडले बढी हो ।

    समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब १७ करोड रुपैयाँबाट बढेर २ अर्ब ९२ करोड ५ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको नाफा २९८.८४ प्रतिशत बढेर ८५ करोड २४ लाख रुपैयाँ कायम भएको छ ।

    बैंकको सञ्चालन मुनाफा २९८.८४ प्रतिशत बढेर ८५ करोड २४ लाख रुपैयाँ कायम भएको छ भने बैंकको खराब कर्जा ४.२३ प्रतिशतबाट ३.८३ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३२ पैसा रहेको छ ।

    प्रकाशित मिति :कार्तिक २१ २०८२ शुक्रवार - १२:३२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij