Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

४४ करोडले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, दुई अर्ब ९२ करोड उठायो ब्याज

४४ करोडले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, दुई अर्ब ९२ करोड उठायो ब्याज


  • 701
    Shares

    ४४ करोडले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, दुई अर्ब ९२ करोड उठायो ब्याज

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्ष २०८२\८३ को पहिलो तिन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  यो गत वर्षको तुलनामा ४४ करोडले बढी हो ।

    समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब १७ करोड रुपैयाँबाट बढेर २ अर्ब ९२ करोड ५ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको नाफा २९८.८४ प्रतिशत बढेर ८५ करोड २४ लाख रुपैयाँ कायम भएको छ ।

    बैंकको सञ्चालन मुनाफा २९८.८४ प्रतिशत बढेर ८५ करोड २४ लाख रुपैयाँ कायम भएको छ भने बैंकको खराब कर्जा ४.२३ प्रतिशतबाट ३.८३ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३२ पैसा रहेको छ ।

    प्रकाशित मिति :कार्तिक २१ २०८२ शुक्रवार - १२:३२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij