Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

करीब २३ प्रतिशतले बढ्यो ग्लोबल आईएमई बैंकको नाफा, बलियो बन्दै लाभांश क्षमता

करीब २३ प्रतिशतले बढ्यो ग्लोबल आईएमई बैंकको नाफा, बलियो बन्दै लाभांश क्षमता


  • 673
    Shares

    करीब २३ प्रतिशतले बढ्यो ग्लोबल आईएमई बैंकको नाफा, बलियो बन्दै लाभांश क्षमता

    काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८२\८३ को पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ।

    सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ग्लोबल आइएमई बैंकले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको साही अवधिमा बैंक १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो भने अघिल्लो वर्षको तुलनामा करीब २२.९२ प्रतिशतले बढेको छ।

    चालु वर्षको असोजसम्म बैंकको सञ्चालन मुनाफा २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही समयमा २ अर्ब १४ करोड ७४ लाख रुपैयाँ थियो।  बैंकले ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ब्याज आम्दानी ०.३४ प्रतिशतले बढी छ।

    बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ रहेको छ। पहिलो तिन महिनामा बैंकले २२.९५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ। बैंकको खराब कर्जा अनुपात बढेर ४.९८ प्रतिशत पुगेको छ । 

    चालु वर्षको असोजसम्म बैंकको प्रतिशेयर आम्दानी बढेर १९.५१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस १६.७४ रुपैयाँ थियो। बैंकले ५ खर्ब ८२ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। 


     

    प्रकाशित मिति :कार्तिक २१ २०८२ शुक्रवार - ११:४२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij