Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नीति शाहले मन्त्री खरेलसँग भनेः सुटिङमा शौचालयको समस्या छ, भ्यानिटी भ्यान चाहियो

नीति शाहले मन्त्री खरेलसँग भनेः सुटिङमा शौचालयको समस्या छ, भ्यानिटी भ्यान चाहियो


  • 1.1K
    Shares

    नीति शाहले मन्त्री खरेलसँग भनेः सुटिङमा शौचालयको समस्या छ, भ्यानिटी भ्यान चाहियो

    काठमाडौं । अभिनेत्री नीति शाहले चलचित्र क्षेत्रका महिला कलाकारलाई भ्यानिटी भ्यानको खाँचो भएकाले लगानीको लागि पहल गर्न संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलसँग आग्रह गरेकी छन् ।

    विहिबार मन्त्रालयले चलचित्रकर्मीसँग छलफल कार्यक्रमको आयोजना गरेको थियो, जहाँ फिल्मकर्मीले आ(आफ्ना गुनासा राखेका थिए । मन्त्रीसामु अभिनेत्री शाहले एक दुःखद घट्ना सुनाइन् । उनका अनुसार, एक म्युजिक भिडियो छायांकन क्रममा भारतबाट नेपाल आएका महिला कलाकारलाई वासरुमको समस्या भएपछि आफूहरूले आजको लागि भ्यानिटी भ्यान छैन भनेर ढाँटेको प्रसंग सुनाएकी थिइन् ।

    विशेष गरि चलचित्र छायांकनमा सक्रिय महिला कलाकारलाई शौच लगायतका कार्यमा असजिलो भैरहेको बताउँदै नीतिले तालुकदार मन्त्रालयका मन्त्रीसँग कुरा राखेकी थिइन् ।

    ‘हामीसँग भ्यानिटी भ्यान छैन । फन्डिङ हुन्छ कि । ३/४ वटा भ्यानिटी भ्यान भएपनि ल्याउनुपर्ने देखियो’ नीतिले भनिन्, ‘अथवा, बसमा वासरुम अट्याच्ड पनि गर्न सकिन्छ । यसले महिला कलाकारलाई सजिलो हुन्थ्यो कि ?’ उनले अघि भनिन्, ‘हामीलाई पनि नेपाली फिल्म इन्डष्ट्रिको भन्न सजिलो हुन्थ्यो ।’

    जवाफमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले भ्यानिटी भ्यान किन्न बोर्डले पहल गर्ने बताएका थिए । उनले अभिनेता विपिन कार्की लगायतले भ्यानिटी भ्याउन ल्याउन लागिरहेको प्रसंग उप्काएका थिए । मन्त्री खरेलले भ्यानिटी भ्यान किन्ने काम सरकारको नभएपनि सरकारले भन्सारमा कर छूट दिनेदेखि अन्य कुरामा पहल गर्न सक्ने बताएका थिए ।

    प्रकाशित मिति :कार्तिक २१ २०८२ शुक्रवार - ०७:५७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij