Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

तीन महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ४९ अर्ब २२ करोड बीमा शुल्क

तीन महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ४९ अर्ब २२ करोड बीमा शुल्क


  • 540
    Shares

    तीन महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ४९ अर्ब २२ करोड बीमा शुल्क

    काठमाडौं ।  चालु आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब भन्दा माथि कुल बीमाशुल्क संकलन गरेको छ ।

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार बीमा कम्पनीहरुले १ करोड १४ लाख ३८ हजार २७३ वटा बीमा पोलिसी बिक्री गरी कुल ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

    सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने नेशनल लाइफ ले ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

    यसैगरी सानिमा रिलायन्स लाइफले १ अर्ब ८१ करोड एलआइसी नेपालले ४ अर्ब ९८ करोड, राष्ट्रिय बीमा कम्पनीले ४ अर्ब ५३ करोड, हिमालयन लाइफले ४ अर्ब ४३ करोड, सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड, एशियन लाइफले २ अर्ब २६ करोड र सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

    रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोडमेट लाइफले १ अर्ब ६६ करोड, आइएमई लाइफले १ अर्ब ५१ करोड र सन नेपाल लाइफले९५ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - १२:५१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij