Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

एन्फामा पारदर्शीता र जवाफदेहितको माग गर्दै प्रदर्शन (तस्बिरसहित)

एन्फामा पारदर्शीता र जवाफदेहितको माग गर्दै प्रदर्शन (तस्बिरसहित)


  • 484
    Shares

    एन्फामा पारदर्शीता र जवाफदेहितको माग गर्दै प्रदर्शन (तस्बिरसहित)
    images

    काठमाडौं । नेपाली फुटबलमा विगत केही वर्ष यता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरुले धर्ना दिएका छन् । बिहीवार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक घण्टा धर्ना दिएका हुन् । 

    उनीहरुले एन्फा मुख्यालमा धर्ना दिए । उनीहरुले एन्फा फुटबल एशोसिएशन की कन्सलटेन्सी, विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ? नो गेम, नो फ्रेमः एन्फाज टु ब्लेम, घरेलु लिग चलाउः फुटबल बचाउ, वाक्क लाग्दो एन्फाः दिक्क लाग्दो नेपाली फुटबल, फुटबल क्यालेण्डरमा होइन, ग्राउण्डमा चाहियो लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । एन्फा भित्रको नेतृत्व विवाद र आर्थिक पारदर्शिताको मुद्दाले नेपाली फुटबललाई लामो समयदेखि गाँजेको छ ।

    हालै धुलिखेलमा सम्पन्न साधारण सभामा, अध्यक्ष पंकजविक्रम नेम्वाङमाथि क्लवहरूले आर्थिक अनियमितताको आरोप लगाएका छन् । २०८२ मा फुटबल गतिविधिका लागि १ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको एन्फाको दाबी छ । तर यो रकमको विस्तृत हिसाव सार्वजनिक नहुँदा केही क्लवहरूले असन्तुष्टि जनाएका छन् । यसबाहेक खेलाडीहरूको तलव र सुविधाको विषयमा पनि विवाद छ ।

    गत सिजनमा केही क्लवहरूले खेलाडीहरूलाई समयमै तलव नदिएको गुनासो आएको थियो । यस्ता समस्याले युवा खेलाडीहरूको मनोबलमा असर परिरहेको फुटबल विश्लेषकहरूको भनाइ छ ।

    af6.jpg

    af5.jpg

    af4.jpg

    af3.jpg

    af1.jpg

    af2.jpg

    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - १२:२६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij