२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्यले आजदेखि कार्यभार सम्हालेका छन् ।
कात्तिक १७ गते सम्पन्न सञ्चालक समितिको बैठकको निर्णय अनुसार सीईओमा नियुक्त भएका शाक्यले कात्तिक २० गते ( आजदेखि) आफ्नो कार्यभार सम्हालेका हुन् । उनले नियुक्त भएको ३ दिनमा कार्यभार सम्हालेका छन् ।
गत कात्तिक १७ गते सम्पन्न बैठकले शाक्यलाई ३० दिनभित्र बैंक कार्यभार सम्हाले गरी नियुक्त गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij