Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

१ अर्ब ७५ करोडमा खुम्चियाे नबिल बैंककाे नाफा, वितरणयाेग्य मुनाफा कति?

१ अर्ब ७५ करोडमा खुम्चियाे नबिल बैंककाे नाफा, वितरणयाेग्य मुनाफा कति?


  • 1.0K
    Shares

    • images
    १ अर्ब ७५ करोडमा खुम्चियाे नबिल बैंककाे नाफा, वितरणयाेग्य मुनाफा कति?

    काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद् नाफा १४.५७ प्रतिशत घटेको छ ।

    चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही समयसम्ममा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    समीक्षा अवधिसम्म बैंकको कुल सञ्चालन आम्दानी १.०३ प्रतिशत घटेर ५ अर्ब २७ करोड ४१ लाख र सञ्चालन मुनाफा १०.८४ प्रतिशत घटेर २ अर्ब ५७ करोड ९८ लाख ८६ हजारमा कायम भएको छ ।

    कमिशन आम्दानी ६.२९ प्रतिशत बढेर ७९ करोड ८७ लाख २८ हजार रूपैयाँ रहेको छ भने बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १५ पैसा रहेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८६ पैसा घटेर २५ रुपैयाँ ९७ पैसामा सीमित भएको छ।

    यस्तैयस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ। बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सञ्चित रहेको छ। 

    बैंकले पहिलो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। 

    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - ११:४१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij