Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

तीन महिनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरे १२ अर्ब बढी बीमा शुल्क

तीन महिनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरे १२ अर्ब बढी बीमा शुल्क


  • 582
    Shares

    तीन महिनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरे १२ अर्ब बढी बीमा शुल्क

    काठमाडौं । निर्जीवन बीमाहरुले चालु आर्थिक वर्ष २०८२\८३ को प्रथम त्रैमास (साउन-असोज)सम्म १२ अर्ब ६५ करोड रुपैयाँ बढीको व्यापार गर्न सफल भएको छ । 

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोजसम्म १४ वटा निर्जीवन बीमाले ६ लाख ८८ हजार ९८२ वटा बीमालेख जारी गरेर १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । अघिल्लो वर्ष २०८१\८३ को असोजसम्ममा कम्पनीहरुले ६ लाख ६८ हजार १४० वटा बीमालेख जारी गरेर ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । 

    चालु वर्षको असोजसम्म १२ वटा बीमकको व्यापार बढेको छ भने २ वटा बीमकको घटेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याएको छ भने व्यापार वृद्धिको हिसाबले एनएलजी इन्स्योरेन्स अगाडि रहेको छ।

    चालु आर्थिक वर्षको असोजसम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ४.३२ प्रतिशतले बढेको छ।

    शिखर इन्स्योरेन्स धेरै व्यापार भित्र्याउने कम्पनी बनेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार २३.६२ प्रतिशतले बढेको छ।

    त्यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ४.४७ प्रतिशतले घटेको छ।

    यसैगरी चालु वर्षको असोजमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ९९ करोड ६ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ९२ करोड ८३ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ८८ करोड २९ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सले १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब २ करोड ५६ लाख रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले ७८ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको । 

    साथै, प्रभु इन्स्योरेन्सले ५० करोड ५६ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ४२ करोड ८४ लाख रुपैयाँ,नेपाल इन्स्योरेन्सले ७० करोड ६२ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ६८ करोड १८ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४१ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। 

     

    प्रकाशित मिति :कार्तिक १९ २०८२ बुधवार - १२:४६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij