२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । वास्तुशास्त्रका अनुसार पूर्व, उत्तर र ईशान दिशालाई ज्ञानवर्धक दिशा मानिएको छ । त्यसैले पढ्दाखेरी यी दिशातर्फ फर्केर पढ्नु लाभदायी हुन्छ ।
विज्ञानका अनुसार इन्फ्रारेड किरणहरू हामीलाई उत्तरपूर्वी कोण अर्थात् ईशान कोणबाटै प्राप्त हुन्छन् । त्यसैले पूर्व, उत्तर र ईशान दिशातर्फ फर्केर अध्ययन गर्नु उपयुक्त हुन्छ ।
विद्यार्थीहरूले कोठाको ढोकातर्फ ढाड देखाएर कहिल्यै पनि पढ्नु हुँदैन । विद्यार्थीले जहिलेपनि दक्षिण वा पश्चिमतर्फ शिर राखेर सुत्नुपर्छ । दक्षिणतर्फ सुत्दा स्वास्थ्य राम्रो हुन्छ भने पश्चिमतर्फ सुत्दा पढ्न खुब मन लाग्छ ।
किताबका र्याकहरू दक्षिण र पश्चिम दिशामा राख्नुहोस् । अनि पढ्ने कोठामा खुला र्याकहरु नराख्नुहोस् । खुल्ला राख्दा नकारात्मक ऊर्जा निस्कन्छ र स्वास्थ्य खराब हुन्छ । किताबहरू दराजमा ढोका बन्द गरेर राखेको राम्रो हुन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij