Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

अक्टोबरमा एक लाख २८ हजार पर्यटक नेपालमा, १० महिनामा साढे ९ लाख पर्यटक

अक्टोबरमा एक लाख २८ हजार पर्यटक नेपालमा, १० महिनामा साढे ९ लाख पर्यटक


  • 295
    Shares

    अक्टोबरमा एक लाख २८ हजार पर्यटक नेपालमा, १० महिनामा साढे ९ लाख पर्यटक
    images

    काठमाडौं । यस वर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिनालाई मुख्य पर्यटकीय याम मानिने भएकाले पर्यटकको आगमन उल्लेख्य देखिएको हो।

    नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत जनवरीदेखि अक्टोबरसम्म कूल ९ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिएका छन्। अक्टोबरको तथ्याङ्कलाई हेर्दा, युरोपबाट ४० हजार ५०० र दक्षिण एसियाबाट २९ हजार ६० पर्यटक आएका छन्, जसले गर्दा यो महिनाको कुल सङ्ख्या प्रभावशाली देखिएको छ।

    अक्टोबरमा नेपाल भ्रमण गर्ने पर्यटकहरूमा भारतबाट सबैभन्दा धेरै १७ हजार २९८ जना रहेका छन्। त्यसपछि अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट ८ हजार ७१८, चीनबाट ६ हजार ७५५, र जर्मनीबाट छ हजार ३६६ जना पर्यटक नेपाल आएका थिए। यसरी प्रमुख स्रोत बजारहरूबाट पर्यटकको आगमन बढ्दा नेपालको पर्यटन क्षेत्रमा थप उत्साह थपिएको छ।

     

    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - १२:२२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij