Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

एनआईसी एसिया बैंकको सीईओमा शाक्य नियुक्त, ३० दिनभित्र कार्यभार सम्हाल्ने

एनआईसी एसिया बैंकको सीईओमा शाक्य नियुक्त, ३० दिनभित्र कार्यभार सम्हाल्ने


  • 743
    Shares

    • images
    एनआईसी एसिया बैंकको सीईओमा शाक्य नियुक्त, ३० दिनभित्र कार्यभार सम्हाल्ने

    काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले शाक्यलाई ४ वर्षे कार्यकालसहित  सीईओको जिम्मेवारी दिइएको बैंकका कम्पनी सचिव दिपेन कार्कीले जानकारी दिएका छन् । 

    शाक्यले आगामी ३० दिनभित्र बैंकमा  सईओको कार्यभार सम्हाल्नेछन् । बैंक सञ्चालक समितिले शाक्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको छ। 

    तीन दशक लामो अनुभव भएका शाक्य हाल नबिल बैंकको वरिष्ठ डेपुटी सीईओ रहेका हुन् । यसअघि उनी ग्लोबल आईएमई बैंक, जनता बैंक, सिभिल बैंक लगायतमा काम गरेको अनुभव छ । 

    एनआइसी एसिया बैंकबाट तत्कालीन सीईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएसँगै उक्त पद रिक्त थियो । 

    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - १२:०७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij