Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नेपाल एसबिआई बैंकको अध्यक्षमा कुंचा चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा कुंचा चयन


  • 995
    Shares

    नेपाल एसबिआई बैंकको अध्यक्षमा कुंचा चयन

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको संचालक समितिको मिति २०८२\०७\१४ मा बसेको ५३६औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक श्री वेंकट वंसीधर कुंचालाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मत्तीबाट चयन गरेको छ ।
     
    अध्यक्ष श्री वेंकट वंसीधर कुंचा नेपाल राष्ट्र बैंकका गर्भनर श्री प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष श्री वेंकट वंसीधर कुंचा, एस.बी.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छन् । उनले एस.बी.आई. को २९ देशमा विस्तारित अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित मामिला हेर्छन् । 

    नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले बैंकका नवनियुक्त संचालक समितीका अध्यक्ष श्री वेंकट वंसीधर कुंचालाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

    सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. नीलम ढुङ्गाना तिम्सीना र श्री बम बहादुर मिश्र, कार्यकारी निर्देशक श्री गुरु प्रसाद पौडेल, का.मु. कार्यकारी निर्देशक श्री राजन विक्रम थापा, निर्देशकहरु श्री राजेन्द्र भट्टराई, श्री ईश्वरी प्रसाद भट्टराई र श्री शरण कुमार अधिकारी तथा नेपाल एसबिआई बैंकका संचालकहरु श्री रितेश सिन्हा, श्री भरत राज वस्ती, श्री अप्सरा उप्रेती र डा. गोपाल प्रसाद भट्ट एवं बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत श्री राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत श्री विकास आनन्द, प्रमुख वित्तीय अधिकृत श्री राजेश कुमार पंडा तथा बैंकका कम्पनी सचिव श्री खगेश्वर भट्ट लगायतको उपस्थिती रहेको थियो ।

     

    प्रकाशित मिति :कार्तिक १६ २०८२ आइतवार - १६:४०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij