Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

कामना सेवा प्रथम त्रयमासको वित्तीय विवरण सार्वजनिक

कामना सेवा प्रथम त्रयमासको वित्तीय विवरण सार्वजनिक


  • 274
    Shares

    कामना सेवा प्रथम त्रयमासको वित्तीय विवरण सार्वजनिक
    images

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को प्रथम त्रयमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले समिक्षा अवधिसम्म ६३ अर्व ७८ करोड निक्षेप संकलन गरि ५३ अर्व ४५ करोड कर्जा प्रवाह गरेको छ । बैंकले प्रथम त्रयमासको अन्त्यसम्म १९ करोड ७६ लाख खुद मुनाफा कमाउन सफल भएको छ । 

    बैंकको कर्जा निक्षेप अनुपात ८६.३५ प्रतिशत रहेको छ । सोही अवधीसम्म बैंकको कुल सम्पत्ती ७१ अर्व ६३ करोड पुगेको छ । बैंकको निष्कृय कर्जा अनुपात ४.४१ प्रतिशत रहेको छ ।  बैंकले हालैमात्र नेपालको बैंकिङ ईतिहासमै नयाँ प्रडक्ट डोरस्टेप बैंकिङ सार्वजनिक गरेको थियो, जसले आफ्ना ग्राहकहरुलाई घरमै डिजिटल प्रविधिमा आधारित बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ ।

    गत महिना सम्पन्न बैंकको १९ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२\८२ को संचित मुनाफावाट शेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

     

    प्रकाशित मिति :कार्तिक १६ २०८२ आइतवार - ११:४०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij