Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपियो

तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपियो


  • 386
    Shares

    तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपियो
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को तीन महिनामा ५० अर्ब ६० करोड बराबर सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा २६ खर्ब ७४ अर्ब चार करोड बराबर रहेको सरकारी ऋण असोज मसान्तसम्म बढेर २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ ।

    हाल तिर्न बाँकी सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४४.६१ प्रतिशत बराबर हुन आउँछ । कूल सार्वजनिक ऋणमा असोज मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.०९ प्रतिशत अर्थात् १४ खर्ब ४६ अर्ब ५८ करोड र आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत अर्थात् १२ खर्ब ७८ अर्ब ७ करोड रहेको छ ।

    सरकारले चालु आर्थिक वर्षका लागि ५ खर्ब ९५ अर्ब बराबर सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा पहिलो त्रैमासमा १ खर्ब ८४ करोड ऋण प्राप्ति भइसकेको कार्यालयले जनाएको छ । जुन वार्षिक लक्ष्यको तुलनामा १६.९३ प्रतिशत बराबर हो ।

    आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब ऋण उठाउने सरकारी लक्ष्य रहेकोमा असोज मसान्तसम्ममा ९० अर्ब अर्थात् वार्षिक लक्ष्यको २४.८६ प्रतिशत ऋण उठिसकेको छ । त्यस्तै, बाह्यतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड बराबर उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको ४.६५ प्रतिशत अर्थात् १ अर्ब ८४ करोड बराबर मात्रै उठ्न सकेको छ ।

    सरकारी ऋणको साँवा ब्याज तिर्न सरकारले यस वर्ष ४ खर्ब ११ अर्ब एक करोड बराबर बजेट छुट्याएको छ । जसमध्ये असोज मसान्तसम्म १ खर्ब ९ अर्ब ८९ करोड बराबर भुक्तानी भइसकेको छ ।

    यो वार्षिक बजेट विनियोजनको आधारमा २६.७४ प्रतिशतको हो । कूल गार्हस्थ्य उत्पादनका आधारमा असोज मसान्तसम्ममा कूल ऋण सेवा खर्च १.८० प्रतिशत रहेको छ ।

    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - १२:०८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij