Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

खराब मौसमको कारण तीन विमानस्थलमा उडान अवरुद्ध

खराब मौसमको कारण तीन विमानस्थलमा उडान अवरुद्ध


  • 575
    Shares

    खराब मौसमको कारण तीन विमानस्थलमा उडान अवरुद्ध
    images

    काठमाडौं । खराब मौसमको कारण तीन विमानस्थलमा उडान अवरुद्ध भएको छ।  बिहीबारदेखि निरन्तर वर्षाका कारण मौसम अनुकूल नहुँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, तुम्लिङटार र भरतपुर  विमानस्थलमा  उडान अवरुद्ध भएको हो ।

    मौसमको खराबीका कारण  न्यून मात्रामा आन्तरिक उडान भइरहेको छ भने पोखरा विमानस्थलमा शुक्रबार पौने ११ बजे विमानस्थल खुले पनि पुनस् अवरुद्ध भएको छ।

    झापाको भद्रपुर विमानस्थल भने खुला भएको छ । यो बाहेक आन्तरिक उडानमा तुम्लिङटार र भरतपुर विमानस्थलको अवरुद्ध कायम रहेको बुद्ध एयरका प्रवक्ता वीरेन्द्र कर्णले बताएका छन् । 

     

    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - ११:५७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij