Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

राष्ट्र बैंकको ब्यालेन्स सिटको आकार बढ्यो, विदेशमा गरेको लगानी १८ खर्ब नाघ्यो

राष्ट्र बैंकको ब्यालेन्स सिटको आकार बढ्यो, विदेशमा गरेको लगानी १८ खर्ब नाघ्यो


  • 918
    Shares

    राष्ट्र बैंकको ब्यालेन्स सिटको आकार बढ्यो,  विदेशमा गरेको लगानी १८ खर्ब नाघ्यो

    काठमाडौं । राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनासम्म विदेशी सुरक्षण पत्रमा  १८ खर्ब ११ अर्ब रुपैयाँ बराबरको लगानी गरेको हो । 

    राष्ट्र बैंकको मुख्य आम्दानीको स्रोतको रूपमा यही लगानी रहँदै आएको छ भने विदेशबाट आएको रेमिटेन्स लगायत विदेशी मुद्राबापत नेपाली रकम दिएर राष्ट्र बैंकले यो रकम विदेशी ऋणपत्रहरूमा गर्ने गर्छ । राष्ट्र बैंकको आम्दानीको सबैभन्दा मुख्य स्रोत नै यही रहेको छ । 

    यो अवधिसम्म देशमा ७ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको नगद बजारमा प्रवाह भएको छ । चाडपर्वको कारण यस वर्ष थप २८ अर्ब रुपैयाँको माग भएको देखिन्छ । तीन महिनाको अवधिमा राष्ट्र बैंकको ब्यालेन्स सिटको आकार २ खर्ब ९३ अर्ब रुपैयाँले बढेर २९ खर्ब  ५० अर्ब पुगेको छ ।

    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - १०:५७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij